राजविराज, १४ माघ । प्रदेश २ का सवै जिल्लामा एकैसाथ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने कार्य बुधवारबाट सुरु भएको छ । प्रदेश सरकारको निर्णयअनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट खोपको शुभारम्भ भएको हो । सप्तरीमा पहिलो खोप सोही अस्पतालमा कार्यरत स्टाफ नर्स सुनीता यादवले लगाएकी छन् भने दोश्रो खोप एम्बुलेन्स चालक धनश्याम यादवले लगाएका हुन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी स्टाफ नर्स सुनीता यादवले पहिलो खोप लिइँदै ।

सप्तरीमा पहिलो चरणमा अग्रमोर्चामा रहेर कार्य गरिरहेका ३ हजार ७५४ जनलाई खोप लगाउन गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रहरी अस्पताल रुपनी गरी दुई वटा केन्द्र निर्धारण छ ।
दुवै केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारी गरी पहिलो चरणमा कुल ३ हजार ७५४ जनालाई खोप लगाउने कार्य थालिएको स्वास्थ्य कार्यालयका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोप प्रदेश हुँदै सप्तरीमा ८३३ भाइल अर्थात ८ हजार ३३० डोज आएको जनाएको छ ।
यो पनिः