देशभर कोरोना विरुद्धको खोप लगाइँदै, प्रदेश २ मा कहाँ कहाँ छ खोप केन्द्र ?

जनकपुरधाम । आजबाट देशभर कोरोना भाइरस विरुद्धको खोप लगाउन कार्य सुरु हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ ।

सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो ।

आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने खोप शाखाका निर्देशक गौतमले बताएका छन । उनका अनुसार काठमाडौंमा १२, भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ ।

प्रदेश २ का सवै जिल्लामा एकैसाथ सुरु हुँदै

प्रदेश–२ मा आज नै सबै जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुनेछ । त्यसका लागि सबै जिल्लाका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

सप्तरीमा ३ हजार ७५४ जनालाई खोप लगाउने

सोही अनुसार सप्तरीमा पनि प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरण अन्तर्गत सप्तरीमा आजबाट गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालबाट अग्रमोर्चामा रहेर कार्य गरिरहेका ३ हजार ७५४ जनालाई खोप लगाउने कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

प्रदेश २ का सवै जिल्लामा एकैसाथ खोप कार्यक्रम सुरु गर्ने प्रदेश २ सरकारको तयारी अनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको सुभारम्भ गर्नेछन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस