सप्तरी र मोरङबाट लागुऔषधसहित एक युवतीसहित ४ जना पक्राउ

राजविराज, १४ माघ । सप्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ का २० वर्षीय राजेश गुप्ता र सोही ठाउँका १९ वर्षीय सत्यदेव खंग छन् ।

उनीहरुलाई मंगलवार साँझ जिल्लाको राजगढ गाउँपालिका–२ बनैनियाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए । उनका अनुसार स१प ९८७८ नम्वरको मोटरसाईकलसहित पक्राउ परेका दुवै जनाको साथबाट नाइट्रोभेट ट्याब्लेट ९० पिस बरामद भएको हो । दुवै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता, मोरङ प्रहरीले पनि विराटनगर–१६ स्थितबाट लागुऔषधसहित एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठलाई पक्राउ गरेको हो ।

मंगलबार पैदल हिडिरहेका दुवै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट एभिल–१०एम्पुल, फेनारगन–१० एम्पुल, लुपिजेसिक–१०एम्पुल र डाईजोल्याब–१० एम्पुल बरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस