कोशी मेलाबाट फर्किरहेको मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु, दुई जना घाइते

राजविराज, १५ माघ । कोशी मेलाबाट फर्किरहेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजको नहर छेउमा स ३ प ३०४७ नम्वरको मोटरसाइकल विहान ७ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–३ का सखरपुरा मुखिया टोलका ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मुखियाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए । यसैगरी सोही ठाउँका २० वर्षीय रामकुमार मुखिया र रामअवतार खंग दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरुको गोल्डेन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस