निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षसहित ५/५ जनालाई बोलायो

जनकपुर । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षलाई निर्वाचन सम्बन्धी छलफलका लागि शुक्रवार बोलाएको छ । नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै पत्र लेख्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुनेछ । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ ।

यसैगरी, निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780