प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप संघर्षका कार्यक्रम गर्ने

जनकपुर। प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले थप संघर्षका कार्यक्रम गर्ने भएको छ ।

पदाधिकारीहरुको शुक्रवार बसेको बैठकले माघ २३ गतेदेखि २९ गतेसम्म पुत्ला दहन मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रतिगमन विरोधी संघर्ष जारी राख्ने निर्णयअनुसार माघ २३ गते जिल्ला, २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्र, २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका तथा माघ २९ गते वडा तहमा समायोजन सँगसँगै पुत्ला दहन मसाल जुलुस लगायत कार्यक्रम गर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस