कर्मचारी शहिद प्रभुनारायणको शालिकमा माल्यार्पण

राजविराज, १६ माघ । शहिद दिवसको अवसर पारेर सप्तरीका स्थानीय तहका कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा शुक्रवार जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारीसमेतले माल्यार्पण गरेका छन् ।

जिल्ला समन्वय समितिको परिसर स्थित शालिकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेपाल निजामति कर्मचारीहरुको आधारिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा,युवा नेता सत्येन्द्र यादव लगायतले कर्मचारी शहिद यादवको शालिकमा माल्यार्पण गरेका छन् । उनीहरुले कर्मचारी शहिद यादवले गरेको योगदान अतुलनीय रहेको भन्दै उनबाट आम कर्मचारीले प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा शहिदका जेठो छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जिवन्त राख्न आफुहरु प्रयासरत रहे पनि सरकारी तवरबाट ठोस पहल हुनुपर्ने बताए । तत्कालिन जिल्ला विकास समिति राजविराज स्थित कार्यालयको काम सकेर घर फर्किने क्रममा २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस