गजेन्द्रनारायण सिंह स्मृति टी २० को दोस्रो दिन को. मधेपुरा र मन्सापुर विजयी

राजविराज, १६ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न दुई खेलमा वडा नम्वर ६ को. मधेपुरा र वडा नम्वर ७ मन्सापुर विजयी भएको छ ।

पहिलो खेलमा को. मधेपुराले वडा नम्वर २ लौनियाँलाई २१ रनले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्वर ७ मन्सापुरले वडा नम्वर ५ को. बर्साइनलाई ५ विकेटले पराजित गरेको छ । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्दै गरेको को. मधेपुराले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाई १०८ रन बनाएको थियो । खराब मौसमको कारण १५ ओभर खेलाईएको खेलमा को. मधेपुराका लागि आदित्य सिंहले एक छक्का र पाँच चौकाको मदतले सर्वाधिक ३२ रन बनाए भने विष्णु यादवले एक छक्का र तीन चौकाको मदतले २४ रनको योगदान दिए ।

लौनियाँकालागि शिव सुन्दर मण्डलले किफायति बलिङ्ग गर्दै २ ओभरमा १२ रन दिएर ३ विकेट हात पारे भने अजय मण्डलले २ तथा दिनेश मण्डल, रमानन्द मुखिया र दिलिप मण्डलले समान १/१ विकेट हात पार्न सफल भए । जितकोलागि १०९ रन पछ्याएको लौनियाँ १५ ओभरमा ५ विकेटको क्षतिमा ८८ रन मात्र जोड्न सक्यो । जसमा दिलीप मण्डलले १४, अभिमन्यु मण्डलले अविजित १२, दुर्गानन्द मण्डलले १२, शिव सुन्दर मण्डलले अविजित १० तथा विक्रान्त मुखिया र भगवानदेव मण्डलले समान १०/१० रनको योगदान दिए ।

को. मधेपुराकालागि प्रमोद यादव, शंकर मण्डल र मिथिलेश मण्डलले समान १/१ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा को. मधेपुराका आदित्य सिंहलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको वडा नं. ५ को. बर्साइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ११० रन बनाए । जसमा ओपनरद्वय लक्ष्मण दास र प्रकाश मण्डलले समान २७÷२७ रन बनाए भने दिपेश मण्डलले अविजित १४ रनको योगदान दिए । मन्सापुरकालागि सुबोध मण्डलले २ तथा देवकी नन्दन मण्डल, राजकुमार मण्डल, अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए । जितको लागि १११ रनको लक्ष्य पाएको मन्सापुरले १८ ओभर ५ बलमा ५ विकेट गुमाई विजयी भयो ।

मन्सापुरकालागि देवकी नन्दन मण्डलले सर्वाधिक २८ रन तथा धिरज मण्डलले १७, सुबोध मण्डलले १२ र राजाराम मण्डलले अविजित १० रनको योगदान दिए । को. बर्साइनकालागि दिपेश सरदार र राहुल रजकले २÷२ विकेट लिए भने सुभाष शर्माले १ विकेट लिए । उक्त खेलमा मन्सापुरका देवकी नन्दन मण्डललाई वडा नं. ७ का वडा अध्यक्ष गुलाब सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत शनिबार वडा नं. ४ कोइलाडीर वडा नं. ६ को. मधेपुराबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ५ को. बर्साइनबीच हुने प्रतियोगिता संयोजक झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस