आज थप १०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

जनकपुर । पछिल्लो २४ घण्टामा नेपालमा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६१८ जनामा पिसिआर परिक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ । त्यसैगरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५० जना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस