मधेशलाइभका सम्पादक श्यामसुन्दर काठमाण्डौमा सम्मानित

काठमाण्डौ, १७ माघ । नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहेका मधेश लाइभ डट्कम अनलाइनका सम्पादक श्यामसुन्दर यादव कदर–पत्र, नगद सहित पुरस्कृत भएका छन् ।

नेपाल टेलिभिजनको ३६औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्गले उनलाई सम्मान गरेका हुन् । पत्रकार यादव सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विगत ११ वर्षदेखि नेपाल टेलिभिजनको सम्वाददाताको रुपमा कार्यरत रहँदैआएका छन् ।

बाढी प्रभावित, महामारी तथा कोरोना भाइरस सङ्क्रमणको अवस्थामा समेत उनले जोखिम मोलेर पत्रकारिता गर्दैआएका थिए । पत्रकारिता धर्म निर्वहनका क्रममा उनी कोरोना सङ्क्रमित भएका थिए । गजेन्द्रनारायण सिंह अस्पताल तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन साताको सघन उपचार पश्चात निको भएर पुनः पत्रकारिता कर्ममा सक्रिय भएका थिए ।

टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा आयोजित समारोहमा सात ओटै प्रदेशबाट उत्कृष्ट सम्वाददाता, उत्कृष्ट कर्मचारी समेतलाई सम्मान गरिएको छ ।

पत्रकार यादवले ग्रामिण मुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका छन् । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट उनी पत्रकारिताप्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए ।

त्यसपछि उनले न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादको जिम्मेवारी सम्हाल्दै आएका छन् । सप्तरीको साबिक रुपनी गाउँपालिका वडा नम्वर ४ छपकी भथौल (साबिक, जमुनी मधेपुरा गाविस–९) सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै विभिन्न रेडियोहरुबाट पनि सामाजिक रुपान्तर सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

मैथिली भाषा, साहित्यक, कला, संःकृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले उजागर गर्दै आएका छन् । साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका उनका हाम्रो सप्तरी र हाम्रो सप्तरीको दोश्रो संस्करण तथा छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित छन् ।

पत्रकार यादवले मैथिली भाषाका विभिन्न म्यूजिक भिडिओमा निर्माता, गीतकारको रुपमा समेत काम गरेका छन् । यसका साथै छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित एक दर्जन बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् । पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, रेखा देवी पत्रकारिता पुरस्कार, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता, राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३, हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०७४, जनसेवाश्री पदक चौथो २०७६ लगायतका सम्मान तथा कदरपत्र प्राप्त गरेका छन् ।
उनी ‘नेपाली मिडिया टोली २०१८’ मा सहभागी भई चीनको सिचुवानमा आयोजित प्रादेशिक सञ्चारमाध्यम व्यवस्थापन सम्वन्धी १५ दिने तालिमका साथै अन्य विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा र मैथिली साहित्य परिषद्का उपाध्यक्ष समेत रहेका पत्रकार यादव प्रेस नेपालका प्रदेश २ का अध्यक्ष समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस