पोखराकी एलिनाले हात पारिन् नेपाल स्टारको उपाधी

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदैआएको मेघा रियालिटी शो नेपाल स्टारको विजेता पोखराकी एलिना गुरुङ घोषित भएकी छिन् ।

विजेताको उपाधीसँगै उनले शनिवार पुरस्कार स्वरुप नगद ३५ लाख रुपैयाँ समेत हात पार्न सफल भएकी हुन् । नेपाल स्टार देशकै सबैभन्दा ठूलो गायन प्रतियोगिताको रुपमा सञ्चालन हुँदैआएको थियो ।

देश विभिन्न जिल्लाका १ सय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट उनी विजेता घोषित भएकी छिन् । अन्य तीन जना प्रतियोगिहरुलाई ५ लाख रुपैयाँको दरले पुरस्कार स्वरुप आयोजकले उपलब्ध गराएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस