तीन दिनसम्म मौसम कस्तो रहला ?

जनकपुर । जल तथा पूर्वानुमान महाशाखाले आज पूर्वानुमान जारी गरेको छ । जसअनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ ।

यसले हाल देशको पूर्वी पहाडी भूभागका थोरै र तराईका अधिकांश भुभागहरुमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोे देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु्कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अबको तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते (आईतबार)

दिउँसोः प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ ।

रातीः देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ ।

माघ १९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ ।

रातीः देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ ।

माघ २० गते (मंगलबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस