लागुऔषध ट्याब्लेट र गाँजा सहित ९ जना पक्राउ

बिराटनगर, २७ माघ । उदयपुर र सुनसरीको विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका वडा नम्वर ६ जलजलेबाट त्रियुगा नगरपालिका वडा नम्वर १ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका वडा नम्वर १४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका वडा नम्वर १३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिशेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।

यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका वडा नम्वर १२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरकै कटारी नगरपालिका वडा नम्वर ८ बाट ठुलो परिणामको गाँजा सहित तीन जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारीतर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसँगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका वडा नम्वर ३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तीन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्वर ६ घर भई धरान उपमहानगरपालिका वडा नम्वर १३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस