आफ्नै पत्नीले पतिमाथि मुद्दा हालेपछि …

राजविराज, २७ माघ । छोरा छोरी हुँदा हुँदै पनि कान्छी पत्नी ल्याएको भन्दै सप्तरीमा एक महिलाले पतिविरुद्ध बहुविवाहको मुद्दा दिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ की ४१ वर्षीया गोमा थापाले पति ५५ वर्षीय विष्णु थापा र २७ वर्षीया सुमित्रा खत्रीविरुद्ध गत असोज १५ गते बहुविवाहको मुद्दा दिएकी हुन् ।

छोरा छोरी हुँदा हुँदै पनि पतिले थापाले सुमित्रा खत्रीसँग बहुविवाह गरेको भन्दै उनले दिएको जाहेरी अनुसार खटिएको प्रहरी टोलीले माघ ५ गते बिष्णु र सुमित्रालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानपछि दुवै जनलाई गत सोमवार सप्तरी जिल्ला अदालतमा पेश गरेको छ ।

सोही दिन अदालतबाट भएको आदेश अनुसार दुवै जनासँग धरौटी लिई तारेखमा रिहा गरिएको छ । विष्णुसँग २ लाख रुपैयाँ र सुमित्रासँग १ लाख २० हजार रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस