पहिलो चरणमा ४० र दोश्रोमा ३७ जिल्लामा निर्वाचन गराउने सरकारको निर्णय

जनकपुर । सरकारले दुई चरणमा निर्वाचन गर्ने प्रदेशका आधारमा जिल्लाको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने टुंगो लगाएको हो ।

पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । त्यसैगरी दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बाग्मती र कर्णालीमा निर्वाचन गराउने निर्णय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएर आगामी १७ र २७ गते निर्वाचन गर्ने तय गरेका थिए । त्यसअनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश छुट्याएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस