निर्वाचन तयारीको कामलाई निरन्तरता दिन प्रधानमन्त्री ओलीको सुझाव

जनकपुर, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचन तयारीको कामलाई निरन्तरता दिन सुझाव दिएका छन् । मंगलबार निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया तथा आयुक्तहरूले निर्वाचनबारे जानकारी दिएपछि प्रधानमन्त्रीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिएको सल्लाहकार थापाले बताए ।

आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले निर्वाचनका लागि सुरक्षा बस्दोबस्ती, आवश्यक बजेट लगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री आयोग पुगेको जानकारी गराउँदै उनले नेकपा विवादको विषयमा कुनै पनि छलफलन नभएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780