‘घरेलु हिंसा न्यूनिकरण गर्न सबैको योगदान आवश्यक’

राजविारज, २७ माघ । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले घरेलु हिंसा न्यूनिकरण गर्न सवैको योगदान आवश्यक रहेको औंल्याएका छन् । मंगलवार राजविराजमा ‘घरेलु हिंसा कसूर सजाय ऐन, २०६६ को कार्यान्वयन र अवस्था सम्वन्धी छलफल तथा अन्तक्रिया’ कार्यक्रमका वक्ताहरुले यस्तो औल्याएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोग कानून महाशाखाकी मानव अधिकार अधिकृत सन्ध्याकुमारी पुढासैनीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हरिशंकर आचार्यको प्रमुख आतिथ्यमा अन्तरक्रियाको आयोजना गरिएको छ ।

अन्तरक्रियामा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह, सेतु सामूदायिक विकास मानव अधिकारी मञ्चका अध्यक्ष जंगबहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, सञ्चारकर्मी ललिता साह लगायतले घरेलु हिंसा न्यूनिकरण गर्न आ–आफ्नोतर्फबाट सघाउन सवैमा आग्रह गरे ।

अन्तक्रियामा सप्तरी जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्के, सशक्त प्रहरीका उपरीक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख नरेश बहादुर साह, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा, गैरसरकारी संस्था महासंघ सप्तरीका शम्भुनन्दन चौधरी, जेष्ठनागरीक महासंघ प्रदेश २ का अध्यक्ष शंकर सारदा, सामूदायिक प्रहरी केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास, मानव अधिकारीकालागि महिला, एकल महिला समूह प्रदेश २ की अध्यक्ष अनिता देवकोटाको सहभागीता थियो ।

त्यसैगरी, क्रेश नेपालका अध्यक्ष उपेन्द्र साह, महिला मानव अधिकार रक्षक सञ्जालकी सचिव माधवी साह, सह–सचिव एवं अधिवक्ता मनु खनाल, अधिवक्ता एवं जीविभी च्याम्पियन मिना देव, बरिष्ठ शिक्षिका मन्जु श्रेष्ठ, महिला हिंसा नियन्त्रण सञ्जाल राजविराज नगरपालिकाकी अध्यक्ष साधना कर्ण, समग्र जनउत्थान केन्द्र राजविराजकी सुष्मा गुप्ता लगायतको पनि सहभागी थियो ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ सप्तरीकी अध्यक्ष प्रियासिंह थारुले सञ्चालन गरेको अन्तक्रियामा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत रुना महर्जनले स्वागत गरेकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस