माघ ३० गते सार्वजनिक विदा दिने निर्णय

जनकपुर, २७ माघ । सरकारले सोनम र ग्याल्वो ल्होसार मनाउन आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोनम र ग्याल्वो ल्होसार यस वर्ष एकै दिन परेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को बैठकबाट भएको निर्णयबारे जानकारी गराउँदै सार्वजनिक विदाको विषयमा जानकारी गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस