तामाङ समुदायले आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक विदा

जनकपुरधाम, ३० माघ । सरकारले आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

केही वर्ष अघिसम्म सोनाम ल्होछारमा विदा दिँदै आएपनि पछिल्ला वर्षमा विदा कटौती गरिएको थियो । नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा विदा दिन ध्यानाकर्षण गराएपछि यस वर्ष विदा दिइएको हो ।

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व तामाङ समुदायले आजविविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस