प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण

जनकपुरधाम । प्रदेश सरकारले २ नम्वर प्रदेश प्रहरी कार्यालय तथा मातहतका निकायलाई सवारीसाधान हस्तान्तरण गरेको छ ।

शुक्रवार आयोजना गरिएको ‘सवारीसाधन हस्तान्तरण कार्यक्रम’मा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहलाई सवारीसाधनको साँचो हस्तान्तरण गरेका छन् ।

प्रदेश सरकारले टाटा जेनन २ थान, टाटा वीगरमिनी एक थान र मोटरसाइकल १२ थान हस्तान्तरण गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस