मालपोत प्रमुख र लेखापढी व्यवसायी छ लाख घुस रकमसहित रङ्गेहात पक्राउ

जनकपुरधाम, ८ फागुन । मालपोत कार्यालय बाराका कार्यालय प्रमुख (नायब सुब्बा) र लेखापढी व्यवसायी छ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रवार कार्यालय प्रमुख मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाएर फास्ट ट्रयाकबाट पास गराईदिने भनि सो रकम माग गरेका थिए । जितपुर सिमरा–२२, स्थित जर्गा होटलमा सो रकम लिदै गर्दा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा छ ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । यसअघि गत माघ २३ पनि सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ परेका थिए ।

यो पनिः

सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस