उहीँ पुरानै कुर्सीको खेल सुरु हुने खतरा : डा.भट्टराई

राजविराज, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरी कुर्सीको खेल सुरु हुने खतरा बढेको औल्याएका छन् । उनले विहिवार सामाजिक सञ्जालमा ट्वीट गर्दै अदालतको फैसलापछि उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ज्योतिषीको जोखाना र किनबेचको शृङ्खला चल्न सक्ने भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल/नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्; नयाकक राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!’

Author:



क्याटोगरी छान्‍नुहोस