आगामी दिनमा सहकार्य गर्न जसपालाई नेकपा दाहाल–नेपाल समूहको प्रस्ताव

जनकपुरधाम, १३ फागुन । नेकपा दाहाल–नेपाल समूह र जसपाका नेताहरूबीच विहिवार छलफल भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

छलफलका सहभागी जसपाका वरिष्ठ नेता महतोकाअनुसार आगामी दिनमा सहकार्य गरेर जानको निम्ति दाहाल–नेपाल समूहले प्रस्ताव गरेका छन् । सोही क्रममा दाहाल–नेपाल समूहसँग नेता महतोले पार्टी कुन हो स्पष्ट पार्नकालागि आग्रह पनि गरे ।

नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको वरिष्ठ नेता महतोले जानकारी दिए । पटक–पटक आफूहरूसँग भएको सहमतिमा धोका पाएको र पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताइरहेको विषयमा पनि जसपाका नेताहरुले स्मरण गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस