तेश्रो संस्करणको सप्तरी प्रिमियर लिग चैत्र ५ गतेबाट

राजविराज । तेश्रो संस्करण अन्तर्गत सप्तरी प्रिमियर लिग (एसपीएल) आगामी चैत्र ५ गतेदेखि राजविराजमा हुने भएको छ । नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट संघले एसपीएल गर्न लागिएको हो ।

राज रंगशालामा आयोजना गर्न लागिएको एसपीएलमा ५ वटा टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ । संघका अध्यक्ष आयुष श्रेष्ठका अनुसार यस पटक प्रतियोगिता विगतको संस्करणभन्दा स्तरीय हुने बताए ।

यसअघि भएको एसपीएलमा राष्ट्रिय खेलाडी मेहबुब आलम, सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामांग, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह लगायतले सहभागी जनाइसकेका छन् ।

एसपीएलको तेश्रो संस्करणमा विजेतालाई ३ लाख नगद र मेडल उपलब्ध गराइनेछ भने उप–विजेतालाई प्रदान गरिने पुरस्कारबारे छलफल भइरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस