यी हुन् राजविराजमा पानीको बक्यौंता नतिर्ने कार्यालय र व्यक्ति (सूचीसहित)

राजविराज, १३ फागुन । नेपाल खानेपानी संस्थान शाखा राजविराजमा झण्डै डेढ करोड रुपैयाँ बक्यौंता असुल गर्न बाँकी छ । चालु आर्थिकको माघ मसान्तसम्म एक करोड ३९ लाख ३६ हजार ९८५ रुपैयाँ बक्यौंता रकम असुल गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

महसुल नतिर्नेमा राजविराज नगरपालिकादेखि राष्ट्रिय समाचार समिति (रासस)सम्म छ । संस्थानका अनुसार राजविराज नगरपालिकामाथि मात्रै ७ लाख २२ हजार ४५८ रुपैयाँ र राससमाथि १ लाख ५८ हजार ९३४ रुपैयाँ बक्यौंता बाँकी छ ।

यसैगरी, जगरनाथ मुधडाले १ लाख ४८ हजार ७०२ रुपैयाँ, ऋषिकेश प्रधानले १ लाख २० हजार ९०० रुपैयाँ, जिल्ला साझा संघ लिमिटेडले १ लाख ६२ हजार ३७६ रुपैयाँ, केअ माविले १ लाख ५९ हजार ९३४ रुपैयाँ, राजविराज कारागारले १ लाख १२ हजार ३६० रुपैयाँ, निर्मला अर्यालले १ लाख २६ हजार ६१५ रुपैयाँले बक्यौंता रकम वुझाएका छैन् ।

दिनेश प्रसाद साहमाथि १ लाख ३७ हजार ८१५ रुपैयाँ, ओम प्रकाश साहमाथि ७३ हजार ४१४ रुपैयाँ लगायतका बक्यौंता बाँकी रहेको संस्थानको तथ्यांकले देखाउँछ । उनीहरुलाई बक्यौंता रकम वुझाउन कार्यालयले पटक पटक ताकेदा गर्दा पनि रकम वुझाउन मानेका छैन् ।

कतिपय ग्राहकको पानी काटिए पनि बक्यौंता नवुझाएको संस्थाले जनाएको छ । २०५६ सालदेखि संस्थानले वितरण गर्दै आएको खानेपानीबाट झण्डै २७ लाख लिटर पानी खपत हुने गरेको छ भने शाखाका हाल राजविराज नगरपालिकाभित्र २ हजार ७८० जना ग्राहक छन् ।

एता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले विल प्राप्त हुन नसकेको बताए । ‘खानेपानीको विलबारे कर्मचारीलाई वुझ्न लगाउँदैछु’ उनले मधेशलाइभलाई भने–‘हामी फछ्र्यौट गर्ने तयारी गर्दैछौं ।’

 

Author:



क्याटोगरी छान्‍नुहोस