कोरोना संक्रमणबाट विश्वमा २५ लाखभन्दा बढीले ज्यान गुमाए

जनकपुरधाम । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० हजार ८०७ जनाले गुमाएका छन् ।

योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या २५ लाख ७ हजार ७६८ पुगेको वल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पर्दासम्म विश्वभर ११ करोड ३० लाख ८४ हजार ८५२ संक्रमित भएका छन् । तीमध्ये ८ करोड ८७ लाख एक हजार ४७२ जना निको भएका छन् ।

अहिले २ करोड १८ लाख ७५ हजार ६१२ सक्रिय संक्रमित रहेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

संक्रमणबाट कुन देशमा कतिले ज्यान गुमाए

वल्डोमिटर्सका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा ५ लाख १८ हजार ३६३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जना, टर्कीमा २८ हजार २८५ जनाले ज्यान गुमाएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस