‘डिजे’आतंकमाथि सप्तरीका जनप्रतिनिधि र प्रहरीको कडा कदम (निर्णयसहित)

राजविराज, १२ फागुन । सप्तरीमा अबदेखि रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने निर्णय भएको छ । मंगलवार जिल्ला समन्वय समितिमा सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा आयोजना गरिएको बैठकबाट सो निर्णय भएको हो ।

समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित बैठकबाट लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनी प्रदुषण भइरहेका कारण प्रदुषण नियन्त्रण सो निर्णय गरिएको छ । निर्णयसँगै राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन नपाउने भएको छ ।

‘राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख यादवले भने–‘अन्य समयमा पनि नियन्त्रित रुपमा मात्रै लाउड स्पिकर र डिजे बजाउन पाउछ ।’

निर्णय नमान्नेलाई कानून बमोजिम कारवाही गर्ने गराउने समेत निर्णय भएको उनले मधेश लाइभलाई जानकारी दिए । ‘निर्णय पालना नगरेको पाइए कानून अनुसार कारवाही गर्ने गराउने पनि निर्णय भएको छ’ उनले भने–‘यद्यपी कुनै सांस्कृतिक रुपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको छ ।’

यसबाहेक बढ्दो दुर्घटना नियन्त्रण गर्न पनि महत्वपूर्ण निर्णय भएको प्रमुख यादवले बताए । ‘बाटो–घाटो र सडकमा थुपारिएका निर्माण सामग्री र सवारी साधनको पार्किङ्ग व्यवस्थित गर्न स्थानीय तहले आवश्यक पहल निर्णय भएको छ’ उनले भने–‘बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न यो कदम चालिएको छ, यसले केही हदसम्म अवश्यक पनि दुर्घटना न्यूनिकरण हुने विश्वास छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस