प्रदेश २ मा दैनिक २ जनाले गर्छन् आत्महत्या !

राजविराज । प्रदेश २ मा आत्महत्या गर्नेहरु दिनहुँ बढिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार पछिल्लो सात महिनामा ४९२ जनाले आत्महत्या गरेका छन् । ओसत दैनिक दुई जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

सो अवधिमा सिरहामा सबैभन्दा बढीले आत्महत्या गरेका छन् । सिरहामा ८६ जना, धनुषामा ८२ जना, बारा र पर्सामा ६७/६७ जना, रौतहटमा ६६ जना, सप्तरीमा ५९ जना, महोतरीमा ३४ जना र सर्लाहीमा ३१ जनाले आत्महत्या गरेका हुन् ।

सिरहामा झुण्डिएर ६१, विष खाएर २४ र डुबेर १ जना, धनुषामा झुण्डिएर ६४ र विष खाएर १८ जना, बारामा झुण्डिएर ४४ र विष खाएर २३ जना, पर्सामा झुण्डिएर ५७ र विष खाएर १० जना, रौतहटमा झुण्डिएर ४५, विष खाएर र २१ जनाले आत्महत्या गरेका छन् ।

यसैगरी, सप्तरीमा झुण्डिएर ३५, विष खाएर २३ र डुबेर १ जना, महोत्तरीमा झुण्डिएर ३२ र विष खाएर २ जना, सर्लाहीमा झुण्डिएर २५ र विष खाएर ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाइँले पारिवारीक कलह, आर्थिक असफलता, डिप्रेसन, आत्मल कमजोर हुनु, दाइजो प्रथा, अचानक कुनै बेइज्जती हुनु, यौन दुव्र्यवहार जस्ता कारणले आत्महत्याका घटना घट्ने गरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस