प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

जनकपुरधाम । प्रतिनिधिसभा विघटनको निणर्य सर्वोच्च अदालतले बदर गरिदिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका हुन् ।

ओलीले प्रतिनिधि सभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने पनि थापाले बताएका छन् । उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरु भविष्यमा देखिँदै जाने निश्चित छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधि सभाको सामना गरेर नै फैसलाको कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस