सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको खबरले रोगै हराए झैं भो : डा.बाबुराम भट्टराई

राजविराज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलवार ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

उपचारका लागि भारत पुगेका डा.भट्टराईले लोकतन्त्रको रक्षा गरेको खबरले रोगै हराए झैं भएको लेखेका छन् ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकेकी थिइन् । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदनहरु परेका थिए भने विरोधमा नेकपा दाहाल–नेपाल समूह, कांग्रेस, जसपा, नागरिक समाज लगायत पार्टीहरु सडक आन्दोलनमा उत्रिएका थिए ।

अदालतबाट विघटनको निर्णयलाई बदर गर्दै फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस