प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को बैठक

जनकपुरधाम, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक डाकेर प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

अदालतले प्रतिनिधिसभा विघटन कार्य असंवैधानिक ठहर गर्दै मंगलबार विघटन बदर हुने फैसला सुनाएको थियो । शुक्रवारको बैठकमाप्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस