‘इमो’मार्फत लटरीको प्रलोभनमा पारेर ठगी गर्ने पक्राउ

राजविराज । ‘इमो’ र ‘वाट्स एप’मार्फत लाखौंको ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरत विहार राज्य पूर्वी चम्मपारण थना रक्सौलका ४३ वर्षीय राकेश कुमार र पर्साको विरगंज महानगरपालिका–२० का ३२ वर्षीय रामपुकार प्रसाद यादव छन् ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौबाट खटिएको टोली विहिवार पक्राउ गरेको हो । दुवै जनाले ‘इमो’ र ‘वाट्स एप’मार्फत लटरी परेको भन्दै म्यासेज पठाएर कर वापतको रकम पठाउन लगाएर ठगी गर्दै आएका थिए ।

प्रहरीमा सुनिल सेन्चुरीले दिएको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । दुवै जनाले हालसम्म १ लाख ८४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस