बोदे बरसाईनबाट अवैध कुखुरा बरामद

उमेश कुमार साह
बोदे बरसाईन (सप्तरी), ३ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा भारतबाट ल्याउँदै गरेको अवैध बोइलर कुखुरा बरामद गरिएको छ । सशस्त्र वेश क्याम्प बोदे बरसाईनबाट खटिएका प्रहरी टोलीले मंगलवार दिउँसो चेकजाँचको क्रममा १५ वटा कुखुरा बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा स ४ प ८२१७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको करिब ९ हजार मुल्य बराबर कुखुरा बरामद गरिएको सशस्त्र वेश क्याम्प बोदे बरर्साइनका प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए । प्रहरीलाई देखेपछि सो कार्यमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर भागेको उनले बताए ।

मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको छ भने कुखुरा मंगलबारै स्थानीयवासिन्दा, नगर व्यापार संघका सचिव अनिल प्रसाद सिंह, ईलाका प्रहरी कार्यलाई बोदे बर्साइनका इन्चार्ज प्रमुख अरुण सिंहसहितको रोहबरमा नष्ट गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस