प्रदेश स्तरीय तीन दिवसीय लोककला कार्यशाला सम्पन्न

काठमाडौँ, ३ चैत । सुनसरीको सदरमुकाम इनरुवामा आयोजना गरिएको प्रदेश १ स्तरीय तीन दिवसीय लोककला कार्यशाला मंगलवार सम्पन्न भएको छ । इनरुवा नगरपालिका र नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले कार्यशालाको आयोजना गरेको थियो ।

कार्यशालामा प्रदेश १ का विभिन्न जिल्लाका दुई दर्जन लोककलाकार सहभागी थिए । उनीहरुले राई, लिम्बु, राजवंशी, थारु, नेवार र मिथिला लोककलासम्बन्धी चित्र बनाएका थिए । चैत १ गते आइतबारदेखि सुरु भएको कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए ।

उद्घाटन समारोहमा प्रतिष्ठानको लोककला विभागकी प्रमुख मिथिला देवी यादवले लोककला विभागको प्रमुख भएर आएपछि २ वर्षदेखि आफू प्रदेश प्रदेशमा गएर विभिन्न जातजातिको लोककला खोज्दै आएको बताए । सबै जातजातिको लोककला अगाडि आउनुपर्ने उनको भनाइ थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस