आज थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार देशभरका प्रयोगशाला गरी २ हजार ७९१ जनाको नमुना पिसिआर परिक्षण गरिएको थियो ।

योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।

हाल ९१५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट ३ हजार १४ जनाको मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस