प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धि पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानअनुसार देशभर स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने तराईका भु–भागमा आंशिक बदली रहनेछ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस