पेट्रोलियम पदार्थको फेरी भाउ बढ्यो, अझै घाटामा आयल निगम

जनकपुरधाम । नेपालमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा २/२ रुपैयाँ बढाइएको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार गए रातिबाट लागु हुने गरी अब पेट्रोल प्रति लिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ ।

निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ । निगमले यसअघि फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यद्यपी, पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजलमा ५ रुपैयाँ ८० पैसा र ग्यासमा प्रति सिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा निगमलाई घाटा हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस