जनकपुरधाम, ४ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुकेमा इतिहासले कसैलाई माफ नगर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले बुधवार बिहान ट्वीट गर्दै ओली चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने कुनै छाँटकाँट नदेखिएको उल्लेख गरेका हुन् । ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गरिरहेको डा.भट्टराईले आरोप समेत लगाएका छन् ।
उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र÷संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है !’
राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!
— Baburam Bhattarai (@brb1954) March 17, 2021