लागूऔषधसहित दर्जिलिङका पतिपत्नी पक्राउ

विराटनगर, ४ चैत । सुनसरीको धरानबाट लागुऔषसहित भारतको दार्जिलिङका एक दम्पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङका ३१ बर्षीय बिशन घले र उनकी पत्नी २२ बर्षीया पुन्य तामाङ छन् ।

उनीहरुलाई मंगलवार दिउँसो धरान भानुचौक स्थित तेह्रथुम होटल एण्ड लँजबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

दुवै जनाको साथबाट ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । दुवै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस