नैतिकताका अनुभुति

उदेश्य बिना गरेको काम जथाभावी हानेको बाण झैं हुन्छ । के उदेश्य राख्न चाहन्छौं । जस्तैः ज्ञान पाउँने, पास हुने ? सिकाउने अथवा अरु कुनै ? सो स्पष्ट हुनुपर्छ । उदेश्य निर्दिष्ट छ भने कुनै काम वा पढाइमा एकाग्रता हुन्छ । विभिन्न कारणले काम वा पढाइमा एकाग्रता आउँन सक्दैन । जस्तैः शारीरिक अस्वस्थ्य, पारीवारिक समस्या, हृदयका चोटहरु, प्रेरणाको कमी, अनुशाषणहिनता, संवेगात्मक समस्या, मानसिक समस्या, भविष्यका कल्पनाहरु र आर्थिक समस्या आदि ।

यस्ता समस्या प्रति मन लगाई बढी दुःखी हुनुको सटा मनोबल र दृढता लिएर अघि बढनु पर्छ । गुलाबको फुल काँडाहरुको बीचमा फुल्छ । यसरी नै समस्या र दुःख कष्टबाट अघि बढेको व्यक्ति नै नम्र, सत्यप्रेमी, दयालु, मानवप्रेमी हुन्छ ।

घर बनाउँन इटा, बालुवा, काष्ट, छढ लगायतका चाहिने बस्तुको आवश्यकता पर्दछ । त्यसको योजना बनाई घर बनाउँन शुरु गरको छ भने त्यो राम्रोसँग पुरा हुन्छ तर योजना नै छैन भने बीचमा गएर छोडनुपर्छ, घर भत्किन्छ र त्यो देख्नेहरु खिसी गर्छन ।

हरेक मानिसको जीवनमा एउटा लक्ष्य हुनुपर्छ । लक्ष्यले मानिसलाई लगनशील बनाउँछ । लक्ष्य बनाउँदा वा राख्दा अरु थुपै्र कुराहरुमा ध्यान दिनुपर्दछ । बुद्धि, समय, परिस्थिती र कमजोरीहरु । जब कुनै लक्ष्य राख्नुहुन्छ तब त्यसलाई पुरा पनि गर्नुहोस् किनभने कुनै पनि काम शुरु गरेर नगर्नु भन्दा शुरु नै नगर्नु असल हो जस्तो लाग्छ ।

कमाउँने धनी सँगीसाथीहरुले मिडियामा लागेर जीवन बर्वाद गरिस भन्ने गर्दछन् त्यति बेला कताकता मनमा उदासिनता हुन्छ । सही हुन पनि हो शुभचिन्तक भएर न भन्ने गर्छन । तर जीवनका लक्ष्य के हो ? नैतिकताले के भन्छन ?

नैतिकता भनेको समाजको आदर्शतालाई आफुुतिर खिच्ने एउटा सशक्त माध्यम हो । यो एउटा व्यक्ति विशेष गुण पनि हो । समाजमा नैतिकताको भुमिको गहन हुन्छ । नैतिकता सम्बन्धमा विभिन्न समुदाय, वर्ग, जाति, भाषा तथा धर्म आदिमा आफ्नै प्रकारको मुल्य, मान्यता र सीमाहरु छन । कतिपय अवस्थामा नैतिकताको विपरित काम गर्नेलाई कानुनले समेत केही गर्न सक्दैन त्यो विशेष गरि व्यक्तिको चरित्रसँग सम्बन्धित रहन्छ ।

नैतिकता हाम्रो लवाई खावई, रहन सहन वा चालचलनमा पनि भर पर्छ । हामीलाई थाहा छ, समाजमा मध्यपान वा धु्रम्रपान गर्ने कुरा राम्रो मानिदैनँ । धुम्रपान गर्नेको संख्या पनि कमता रहेन छ, त्यस्तै समाजमा ज्यादै भड्किलो फेसन गर्नाले हाम्रो समाजमा पनि प्रभाव पर्दछ भन्ने कुरा हामीले सोच्नु पर्छ । हाम्रो चारैतिर दर्शकहरु पनि हुन्छन समाजमा । त्यसकारण हाम्रो भेषभुषा पनि साधारण र समाजको नैतिकताको घेरामा अटाउँने खाले हुनु पर्ने जरुरी छ ।

आफुले कुनै समुदायबाट नैतिकताको मुल्य पाउँने हो भने आफ्नो बोली, व्यवहारले ठुलो भुमिका खेलेको हुन्छ । त्यसकारण स्पष्ट व्यवहार र मिठो बोली जुनसुकै मानिसलाई पनि मन पर्ने कुरा हो । त्यसकारण हाम्रो कर्तव्य हो सानालाई मायाममता र ठुलालाई आदार गर्नु । इमान्दार मान्छेबाट एउटै गल्ती हुन्छ कि उसले सबैलाई आफू जस्तै सम्झिन्छ ।

इमान्दारीतामा प्रायः धोका खान्छन रे तर इमान्दारीता जीवनको एउटा महत्वपुर्ण कुरा हो । मान्छेमा इमान्दारीता हुँदैन तब उसलाई कुनै कुरामा विश्वास गर्नुको योग्य हुदैन । इमान्दारीता कायम राख्न जति गाह्रो छ त्यति नै गुमाउँन सजिलो छ । एक पल्ट इमान्दारीता देखाउँदैमा सधैँ नै इमान्दार छ भन्न सकिदैन । यो जति कोमल हुन्छ उती बढी टिकाउँ पनि । त्यसकारण सधैँ इमान्दार हुनुपर्छ ।

इमान्दारीतासँगै परिश्रम गर्नु पनि अत्यन्त जरुरी पर्छ । हामीले लगनशील भएर कुनै पनि काम गरेमा सफलता पाउँन सक्दछौ । परिश्रमी भएर काम गर्दा हाम्रो लगनशीलता बढेर जान्छ अनि हामीलाई त्यही पेशामा लागि रहन मन लाग्छ । हामीमा भएको परिश्रमको फल थोरै नै किन नहोस् त्यो हाम्रो लागि बढी आनन्दायी हुन्छ । तर जब परिश्रम गरे वापतको फल पाउँदैनो श्रम शोषनमा पर्छौ तब मन खिन्न भएर जान्छ । नैतिकता पतन भएको व्यक्तिको लागि आफ्नो पेशा देखि मुख मोडनु हुदैन, ह्रास खानु हुदैन ।

नैतिकताको भर सोचाईमा पनि पर्दछ । हुन त यो सोचाई पुर्ण रुपमा व्यक्तिगत कुरा भएकोले जुन प्रकारको समुदाय छ त्यसैको प्रतिकुल प्रभाव त्यहाँको मानिसमा परेको हुन्छ । त्यसकारण हामीले पहिलो कुरा घरपरिवार समाज तथा भलाई र असरलाई ध्यानमा राखी सोचेर व्यवहार गर्नुपर्ने हुन्छ । त्यो भएमा हाम्रो सोचाई पुर्ण रुपमा सकारात्मक र नैतिकताको पक्षमा हुन्छ । सबैलाई बोली बचनले आदर गर्ने, सम्बेदनशील बनेमा समाजको सहानुभुति पाउँन सकिन्छ । साथै बुद्धिमान मानिस जस्तो सुकै विपतिमा पनि धैर्य छोडदैन ।

नैतिकताको संरक्षण, असर र निरिक्षण समाजद्धारा गरिन्छ । हाम्रो नैतिकतालाई संरक्षण गर्ने अंगहरु संयम, धिरज, शान्ति र ज्ञान हुन् । यसरी नै हाम्रो नैतिकता केद्वारा देखिन्छ, भन्दा इमान्दारीताबाट, सोचाईबाट, लवाई खवाईबाट, व्यवहारबाट र परिश्रमबाट त्यसको पुरा निरिक्षण र मुल्याङकन समाजद्धारा गरिन्छ । समाज आफैं बन्दैन समाज हामीले नै निर्माण गर्छौ । समाज एक गतिशील प्रक्रिया हो । मानिस समाजिक प्राणी भएको नाताले विभिन्न क्रियाकलापहरु गरिरहेका हुन्छन ।

सामाजिक तथा सांस्कृतिक परम्परा, मूल्यमान्यता समयसँग माग अनुरुप परिवर्तनशील हुदै जान्छन् । समयसँगै मानिसले आफ्ना कृयाकलापमा परिवर्तन गर्दछ । हिजोको तुलनामा आजको समाजलाई हेर्ने हो भने परिवर्तन भएको पाइन्छ । जीवन पनि यसरी नै परिवर्तन हुने छ कि ? बास्तवमा के हो जीवन ? आँसु र हाँसोको संगम हो जीवन, मिलन र विछोडको अनुभुति हो जीवन, जन्म र मृत्यु बीचमा छटपटाउँनु नै हो जीवन, संघर्षमय एउटा खेल हो जीवन ।

आँसु पछिको हाँसो अत्यन्त मिठो हुन्छ । त्यसरी नै विछोडपछिको मिलनले यति खुशीयालीहरु बटुलेर ल्याउँछ की हर्षका बुन्दाहरु आँखामा छल्किन्छन् । जन्मपछि त मृत्यु निश्चय नै हुन्छ तर नहुने हो भने जीवनको कुनै औचित्य नै रहदैन् । संघर्ष बिनाको जीवन बिल्कुल निरस हुन्छ । तृप्तीको महत्व भोकमा, उज्यालोको महत्व अँध्यारोमा भए झैं, सुखको बास्तविक महत्व पनि दुःखमा नै रहन्छ । विपरित तत्वको ज्ञानै नभएको जीवन कस्तो नीरस होला जस्तो लाग्छ ।

यदि आँखामा शीतल गराउँने निर्मल जल नदेखिदो हो त बाहिर त्यो चम्किने बालुवा मात्र कसले हेर्न सक्थ्यो होला । जीवनको तप्त मरुभुमिका पनि समय समयमा यसरी नै शीतल फालिदै नै बग्छन र पो मानिस जीवित रहन सक्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस