कोरोनाविरुद्ध खोपः दोस्रो मात्रा वैशाख ७ देखि ११ गतेसम्म

जनकपुरधाम । कोरोना भाइरस विरुद्ध पहिलो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ गतेदेखि ११ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले सो निर्णय गरेको हो । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा लगाउने छ ।

पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिए । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस