आमिर खानले किन छाडे सामाजिक सञ्जाल?

जनकपुरधाम । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जालबाट आफ्नो सबै एकाउण्ट हटाउने घोषणा गरेका छन् । उनले भिडिओ सार्वजनिक गर्दै सामाजिक सञ्जालमा एकाउण्ड हटाउने विषयमा जानकारी गराएका हुन् ।

उनका अनुसार आमिर खान प्रोडक्शनको नयाँ सामाजिक सञ्जाल रहेको सोबाट नै आफ्ना फिल्महरुबारे जानकारी गराउनेछ । उनले भिडियोमा आफू सामाजिक सञ्जालमा कहिल्यै सक्रिय नभएको बताएका छन् ।

सामाजिक सञ्जालबाट एकाउण्ट हटाएको विषयमा सञ्चारकर्मीलाई आफ्नो थ्योरी नलगाउन उनले अनुरोध गर्दै आफू सञ्चारमाध्यमबाट दर्शक तथा स्रोतामाझ जाने बताएका हुन् । बीबीसी हिन्दीबाट

Author:



क्याटोगरी छान्‍नुहोस