‘एसपीएल सिजन–३’ अक्सन पछि यस्तो बन्यो टिम

राजविराज । सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिग (एसपीएल) को बुधवार अक्सन सकिएको छ । सप्तरी क्रिकेट संघले यही चैत ८ गतेबाट सुरु गर्न लागेको लिगको अक्सनमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु विभिन्न मूल्यमा भित्राएका छन् ।

अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ । टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समावेश गरेका छन् ।

तिलाठी कोइलाडीका दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन, बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन, रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन छन् ।

यसैगरी टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन छन् । अक्सनमा ‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्रि भए ।

बसन्तलाई बोदे बर्साईनले, अनिललाई बजाज खडक वारियर्सले, आसिफलाई टिभीएस किंग्स राजविराजले तथा राशिदलाई तिलाठी कोइलाडीले भित्र्याएका हुन् । यसैगरी ‘ए’ श्रेणीमा रहेका सुनिल धमलाले भने न्यूनतम मूल्य ८ हजार रुपैयाँ पाए जसलाई रुपनी राईडर्सले भित्रियाए ।

यसैगरी पवन सर्राफ मार्की खेलाडी रहेको बजाज खडक वारियर्सले अनिल शाह बाहेक अनिल खरेल (७ हजार), मुकुन्द यादव (११ हजार) , गुलसन झा (७ हजार )मा खेलाडीलाई भित्र्याएका छन् । कुशल भुर्तेल मार्की रहेको रुपनी राईडर्सले सुनिल धमला (८ हजार ), लोकेश बम (११ हजार), अमित यादव ( ११ हजार) , फिर्दोश अन्सारी (११ हजार), सुमित झा (११ हजार ) जस्ता खेलाडी भित्रियाए ।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको तिलाठी कोईलाडीले राशिद खान (१५ हजार), सन्तोष कार्की (११ हजार) , आदील अन्सारी (११ हजार) , रोहण बिके (११ हजार) , दिपेश कंडेल (११ हजार)मा भित्रियाएका छन् भने सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले बसन्त रेग्मी (१५ हजार), योगेन्द्र सिंह कार्की (११ हजार), अविनाश कर्ण (११ हजार), बिशाल सुश्लिंग (११ हजार), नारायण जोशी (७ हजार ) मा भित्रियाए ।

यसैगरी मेहबुब आलम कार्की खेलाडी रहेको टिभीएस किंग्स राजबिराजले आसिफ शेख (१५ हजार), सोनु तामांग (११ हजार), सोनु अन्सारी (११ हजार), प्रशान्त सिंह (११ हजार)मा भित्रियाए । अक्सनमा नाम दर्ता गरेका कुल १ सय ७५ जना खेलाडीहरुई ‘ए’ , ’बि’ , ’सी’ र ’डी’ गरि चार वटा ग्रेडमा बिभाजन गरिएको थियो । टिमहरुले ‘ए’ ग्रेडबाट २ जना मात्र खेलाडी तथा ‘बि’, ’सी’ र ’डी’ ग्रेडबाट समान ४–४ जना खेलाडी टिममा राख्न पाउने नियम थियो ।

अक्सन पछि यस्तो बन्यो टिम

टिभीएस किंग्स राजविराज: मेहबुब आलम (मार्की खेलाडी) , रोहित कुमार सिंह (लोकल आइकन) , आसिफ शेख (१५ हजार) , प्रशान्त सिंह (११ हजार), सोनु तामांग (११ हजार), सोनु अन्सारी (११ हजार) , प्रशान्त सिंह (११ हजार), रोबिन कुमार सिंह (७ हजार), कमल खत्री (७ हजार), इकबाल हुसेन (५ हजार ५ सय), रुपेश सिंह (५ हजार), अमल दास (५ हजार) , बिबेक यादब (३ हजार ५ सय), संजित साह (३ हजार ५ सय), प्रशान्त शाह (३ हजार ५ सय), सुदर्शन सिंह (२ हजार ५ सय) ।

बोदे बर्साईन थन्डर्स: सिद्धान्त लोहनी (मार्की खेलाडी), विकास दास (लोकल आइकन), बसन्त रेग्मी (१५ हजार), योगेन्द्र सिंह कार्की (११ हजार), अविनाश कर्ण (११ हजार), बिशाल सुश्लिंग (११ हजार), नारायण जोशी (७ हजार ), पप्पु कुमार यादव (७ हजार), राहुल कुमार मण्डल (७ हजार), राजिब यादव (७ हजार), आकाश यादव (५ हजार ५ सय) , अमन यादव (५ हजार), मोहम्मद सकिम (५ हजार ५ सय), अशन जमल (५ हजार ५ सय) , बिशाल यादव (२ हजार ५ सय)

तिलाठी कोइलाडी: दिपेन्द्र ऐरी (मार्की खेलाडी), आशिष झा (लोकल आइकन), राशिद खान (१५ हजार), सन्तोष कार्की (११ हजार), आदील अन्सारी (११ हजार), रोहण बिके (११ हजार), दिपेश कंडेल (११ हजार), नितेश यादव (७ हजार), मनिष मण्डल (७ हजार), चित्र बहादुर बिस्ट (७ हजार), अमित मण्डल (५ हजार ५ सय), युबराज मण्डल (५ हजार ५ सय), साकेत सिंह (३ हजार ५ सय), दिपेश सर्दार (५ हजार ५ सय), अजय मरिक (२ हजार ५ सय)

रुपनी राईडर्स: कुशल भुर्तेल (मार्की खेलाडी), अनुज कुमार यादव (लोकल आइकन), सुनिल धमला (८ हजार), लोकेश बम (११ हजार), अमित यादव (११ हजार), फिर्दोश अन्सारी (११ हजार), सुमित झा (११ हजार), अनुज कुमार यादव (७ हजार), रेवती यादव (७ हजार), निरज मुखिया (७ हजार), भोला शाह (५ हजार ५ सय), प्रभु यादव (५ हजार ५ सय), बिकी चौधरी (५ हजार ५ सय), अशोक मेहता (५ हजार ५ सय), बल कृष्ण यादव (२ हजार ५ सय)

बजाज खडक वारियर्स: पवन सर्राफ (मार्की खेलाडी), बिबेक यादव (लोकल आइकन), अनिल शाह (१५ हजार), अनिल खरेल (७ हजार), मुकुन्द यादव (११ हजार), गुलसन झा (७ हजार), गोमानंद अमात (७ हजार), निरज कुमार यादव (७ हजार), प्रशान्त राई (७ हजार), अजय यादव (५ हजार), पप्पु यादव (५ हजार ५ सय), राज वर्मा (५ हजार ५ सय), अबिसेक कार्की (५ हजार ५ सय), नबिन कुमार मण्डल (३ हजार ५ सय), भिम यादव (२ हजार ५ सय)

सप्तरी प्रिमियर लिगको विजेताले ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । लिग यस पटक राज रंगशालामा खेलिने छ भने लिग हेर्न दर्शकहरुलाई टिकट काट्नुपर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस