जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
जसपाका नेता केशव झाका अनुसार बैठकमा प्रस्तुत हुने एजेण्डा माथिको छलफलको तयारी पुरा नभएकाले बैठक स्थगित गर्नु परेको बताए । यद्यपी, दुई पक्षबीच मतभेद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित भएको अर्का एक नेताले बताए ।
उनका अनुसार जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् भने बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओली सरकारको विकल्प खोज्नुपर्ने अडानमा छन् ।