पत्रकार महासंघको निर्वाचनः प्रेस मञ्च नेपालले थाले तयारी

जनकपुरधाम, ५ चैत । प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन लागेको निर्वाचनको तयारीमा जुटेको छ । सोही क्रममा विहिबार जनकपुरमा प्रेस मञ्च नेपाल कार्यदलको बैठक आयोजना गरिएको छ ।

बैठकबाट निर्वाचनमा संगठनलाई सबल ढंगले प्रस्तुत गर्न विभिन्न निर्णयहरु गरिएको छ । शनिबारसम्म सबै जिल्लामा तत्कालिन प्रेस नेपाल र प्रेस मञ्चको जिल्ला कार्यसमितिहरुलाई संयुक्त रुपमा बैठक बसेर जिल्लागत रणनीति तयार गर्न लगाउने, समन्वयको जिम्मेवारी प्रदेश कार्यवाहक अध्यक्ष सुरेश यादवलाई तोक्ने निर्णय गरिएको जनाएको छ ।

यसैगरी संघीय कार्यसमितिले प्रदेश २ को लागि घोषणा गरेको ८ सदस्यीय कार्यदलमा सप्तरीका भोला पासमानलाई थपेर ९ सदस्यीय बनाउने र आउँदो आइतबार कार्यदलको पूर्ण बैठक बस्ने निर्णय भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस