युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा झा

राजविराज । युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला शनिवार काठमाडौंमा सम्पन्न भएको छ । भेलाबाट संघको केन्द्रीय उपाध्यक्षमा सप्तरीका निरन्जन झा चयन भएका छन् ।

युवा संघ नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलाले केन्द्रीय उपाध्यक्षमा झा चयन भएका हुन् ।

यसैगरी कम्युनिस्ट आन्दोलन तथा युवा आन्दोलनमा समेत योगदान पुर्याएका सप्तरीकै निवासी छोटेलाल यादव, मनोज कोइराला र युवा नेत्री शुशिला चौधरी समेत संघको केन्द्रीय सदस्यमा छानिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस