निर्वाचनको तयारीमा जुटे प्रेस मञ्च नेपाल

राजविराज, ८ चैत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेश सचिवसहितका व्यक्तिहरु प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् । राजविराजमा आज आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई प्रेस मञ्च नेपाल कार्यदल प्रदेश २ का सदस्यद्वय जितेन्द्र खड्गा र भोला पासवानसहितकाले स्वागत गरेका हुन् ।

महासंघ शाखा सप्तरीका अध्यक्ष समेत रहेका कार्यदल सदस्य खड्गाकै समन्वयमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य अवधेशकुमार झा, प्रदेश सचिव रामनारायण विश्वास (आरएन), सप्तरी शाखाका सदस्यद्वय कृष्णा कुमार मण्डल र शुभनारायण यादवका व्यक्तिहरु प्रेस मन्च नेपालमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्यहरु वैद्यनाथ यादव, शुभचन्द्र झा, प्रिया सिंह थारु, चन्द्र कुमार यादव र नवीन नरसिंह नेपाली, मञ्चआवद्ध वृजमान तामाङ, जितेन्द्र झा, भुषण सिंह, राजकुमार पासवान, रामनाथ यादव लगायतको सहभागीता थियो ।

महासंघको निर्वाचन लक्षति बनाइएको प्रेस मञ्च नेपाल कार्यदल प्रदेश २ का सदस्य सम्मिलित कार्यक्रमबाट यही चैत २५ गते हुने लागेको महासंघको निर्वाचत केन्द्रीय छलफल भएको छलफलका सहभागी जितेन्द्र झाले मधेशलाइभलाई जानकारी गराए ।

अन्य संगठनसँग सहकार्य गर्न छ सदस्यीय कार्यदल गठन

कार्यक्रमअघि प्रेस मञ्च नेपालका प्रादेशिक कार्यदलका सदस्य खड्गाकै संयोजकत्वमा बसेको बैठकबाट निर्वाचनको लागि अन्य संगठनसँग वार्ता, सम्वाद र सहकार्य गर्न छ सदस्यीय कार्यदल गठन भएको छ ।

खड्गाकै संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा भोला पासवान, वृजमान तामाङ, शुभचन्द्र झा, नवीन नरसिंह नेपाली र रामनारायण विश्वास छन् । कार्यदलले अन्य संगठनहरुलाई निर्वाचन लक्षित वार्ताको लागि आह्वान समेत गरेको छ ।

अध्यक्षद्वय यादव र भट्टराईलाई सम्मान

सोही कार्यक्रममा आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।

प्रेस मञ्च नेपालका आवद्ध पदाधिकारीहरुले अध्यक्षद्वयलाई गम्छा, माला र पाग (मिथिलाञ्चलमा सम्मान स्वरुप लगाइने टोपी) लगाएर सम्मान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस