मेरिल्याण्ड कलेजमा वक्तृत्वकलाः सरु र प्रवेश प्रथम

विराटनगर । विराटनगरमा मेरिल्याण्ड कलेजद्वारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् ।

यसैगरी, नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भए । ‘सामाजिक सञ्जालको प्रयोग विद्यार्थीका लागि कति उचित कति अनुचित ?’ शीर्षकमा भएको प्रतियोगितामा कलेजका दुई दर्जन विद्यार्थी सहभागिता भएका थिए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ कलेजका प्राध्यापक राजन दत्त रहेको निर्णायक समितिले विजेताको घोषणा गरेको थियो । अंग्रेजीतर्फको प्रतियोगितामा आदर्श घतानी द्वितीय, स्वेता राजवंशी तृतीय र ललिता नाहाटा सान्त्वना भएका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक मनोजकुमार गुप्ता, नन्दकिशोर अग्रवाल, प्रा.डा.पिके झा, प्रदीप भगतलगायतले ट्रफी, प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस