दोहोरो नागरिकता मुद्दाका फरार प्रतिवादी बोदे बरसाईनबाट पक्राउ

राजविराज, ९ चैत । सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको कसूर मुद्दा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर छन् । २०७२ बैशाख १४ गते सप्तरी जिल्ला अदालतले ठाकुरलाई सो मुद्दामा २० हजार जरिवाना र एक वर्ष कैद सजाय फैसला गरेको थियो ।

सोही लगत्तै फरार रहेका ठाकुरलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाटट खटिएको टोलीले पक्राउ गरेको हो । आजै ठाकुरलाई अदालतमा पेस गरिएकोमा कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस