सप्तरीबाट टाउँकोमै बोकेर भारत पुर्याइन्छ मदिरा !

राजविराज, ९ चैत । लकडाउनपछि सवारी साधनसहित बोर्डरमा प्रवेश गर्न असहज भएपनि तस्करहरुले टाउँकोमै बोकेर मदिरा भारत पुर्याउने गरेको खुलेको छ । प्रहरीले गए राति दशगज्जा क्षेत्रबाट ठुलो परिमाणमा मदिरा बरामद गरेपछि सो कुरा बाहिरिएको हो ।

राति साढे ११ बजेतिर ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका–३ तरहीबाट ४८ कार्टुन (१४ सय पिस) गौरब र कस्तुरी नामक मदिरा बरामद गरेको छ । जनता माविको पछाडीको गोरेटो बाटो–तरही बजार हुँदै भारततर्फ टाउँकोमा बोकेर लादै गरेको व्यक्तिहरुले प्रहरी टोलीलाई देखेर भागेपछि मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दिए ।

उनका अनुसार सो करिब ५५ हजार रुपैयाँ बराबरको रहेको छ । आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको जनाएको छ । विहारमा मदिरा प्रतिबन्धि गरिएसँगै नेपालबाट अनेकौं तरिका अपनाएर तस्करहरुले मदिरा भारतर्फ पठाउँदै आएको सिमाक्षेत्रमा बसोवास गर्ने स्थानीयहरुको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस